यसपालि दसैं र तिहारबीच विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले जनसहभागिता जुटाएर नहर सरसफाइ अभियान चलाए । विगतमा तिहारलगत्तै मनाइने छठ पर्वका बेला मात्रै नहर सरसफाइ हुने गर्थ्यो । ३,१३९ जति घरधुरी रहेको वडाको १२,७९२ जनसंख्यामध्ये ५० जनाजतिले मात्र दुई घण्टा श्रमदान गरे । नहरलाई फोहोर फ्याँक्ने थलो बनाएका नहरछेउका बासिन्दाहरू रमिते बनेका थिए ।