१ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले जन्मदिनको अवसरमा विराटनगर महानगरपालिका–१२ मा निर्माण भइरहेको एकीकृत बस्तीमा श्रमदान गरेका छन् ।
बस्तीमा १४५ घरधुरी सुकुम्बासीका घरहरू निर्माण भइरहेका छन् । मन्त्री कार्कीसहित उनका परिवारका सदस्यले श्रमदान गरेका हुन् ।
स्थानीयले पनि बस्ती निर्माणका लागि बाँस चिर्ने, जस्ता छाउने, माटो भर्ने काम गरेका छन् । बस्ती निर्माणका लागि सुकुम्बासी परिवारले २० लाख मूल्य बराबरको जनश्रमदान गर्नुपर्ने तर उनीहरूलाई बस्तीका लागि खरिद गरेको जग्गाको ऋण बुझाउन ज्याला मज...