एमाले सांसदलाई सभामुखले किन सम्झाए संविधानको धारा १०५ ?

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरुलाई संविधानको धारा १०५ को स्मरण गराएका छन्। सोमबार एमाले सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्दै सभामुख विरुद्ध नाराबाजी गरेपछि उनले मुद्दा अदालतमा विचाराधीन रहेकाले मुद्दालाई प्रतिकुल पार्नेगरी छलफल हुन नसक्ने बताएका हुन्। नेपालको संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाहरुमा न्याय निरुपणमा प्रतिकूल असर पर्ने विषयमाथिसदनमा छलफल गर्न नपाइने उनले स्पष्ट पारेका हुन्।

सम्बन्धित सामग्री

बैठकको सुरुमै नाराबाजी गरेपछि एमाले सांसदलाई सभामुखको सम्बोधन

आजको प्रतिनिधिसभा बैठकको सुरुवातमै एमाले सांसदहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी गरेका छन् । लगातार संसद बैठकमा अवरोध गर्दै आएको एमालेलाई सभामुख अग्नि सापकोटाले सम्बोधन गर्दै यथास्थानमा बसेर सभा सञ्चालनका लागि आग्रह गरेका छन् । उनले नाराबाजी गरिरहेका सांसदहरुलाई संविधानको धारा १ सय ५ तथा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को पनि स्मरण गराएका छन् । यस्तो छ सभामुखले एमालेलाई सम्बोधन गरेको पाठ : संसद लोकतन्त्रको अभ्यास गर्ने उच्चतम थलो हो । संसदको बैठकमा पुर्याइने अवरोधले लोक

सभामुखले एमाले सांसदलाई सम्झाए संविधानको धारा १०५

संसद् बैठकमा अवरोध सृजना गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसदहरूलाई संविधानको धारा १०५ बारम्बार स्मरण गराएका छन्।...

सभामुखले एमाले सांसदलाई सम्झाएको संविधानको धारा १०५ मा के छ ?

काठमाडौं, २५ भदौ । संसद् बैठकमा अवरोध सृजना गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसदहरूलाई संविधानको धारा १०५ बारम्बार स्मरण गराइरहेका छन् । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूको आरोप रहँदै आएको छ । यस विषयमा सर्वोच्च अदालतमा समेत रिट परेको छ । सभामुख सापकोटाको भूमिकालाई लिएर एमालेका सांसदहरूले अहिले संसद बैठकमा नाराबाजी […]

सभामुखले एमाले सांसदलाई स्मरण गराए संविधानको धारा १ सय ५

आफ्नो ड्यास अगाडि आएर नाराबाजी गरिरहेका एमाले सांसदहरुलाई सभामुख अग्निप्रसाद सापकोटाले संविधानको धारा १ सय ५ को स्मरण गरेका छन् । उनले अदालतमा विचाराधीन मुद्दामाथि संसदमा छलफल गर्न नमिल्ने भन्दै सो धाराको प्रावधानलाई बुझेर सदन सुचारु गर्न आग्रह गरेका छन् ।उनले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ खण्ड ख, ग र घ को नियम पालना गर्न पनि आग्रह गरेका छन् ।  सभामुखको कुरा नसुनी एमाले सांसद सभामुख सापकोटाको ड्यास अगाडि उभिएर पार्टी फुटाउन बन्द गर, संसदीय मर्यादा कायम गर भन्दै नारा लगाइरहेका छन् ।