काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्री आफैँले आयोजना गरेको पत्रकार सम्मेलनमा धुरुधुरु रोएकी छिन्।मन्त्रालयमा आज आयोजित अन्तिम पत्रकार सम्मेलनमा मन्त्री झाँक्री सुरुमै अत्यन्तै भावुक बनिन् र उनले पत्रकारहरुसँग खुलेर बोल्न सकिनन्।मन्त्रालयका कर्मचारीले मन्त्रालयको प्रगति विवरण सुनाएका थिए। उनीहरुले 'फेरि भेटौँला’ भन्दै मन्त्री झाँक्रीको बिदाइ गरेका थिए। झाँक्री सुरुदेखि नै भाव विह्वल थिइन्।उनले आफू बोल्न सक्ने हालतमा समेत नरहेको बताइन्। पत्रकारको तर्फबाट दुईवटा मात्रै प्रश्