मधेश केन्द्रीत दलहरुले मुद्दाको भन्दा सत्ताको राजनीति गरिरहेको आरोप सरोकारवालाले लगाएका छन् । विगतमा एउटा मुद्दाका लागि आन्दोलन भएपनि अहिले राजनीति स्वार्थ पूरा गर्नेतर्फ मधेश केन्द्रीत दलहरु लागिपरेको उनीहरुको टिप्पणी छ ।नागरिक आन्दोलनका अगुवा एवं पत्रकार नारायण वाग्लेले मधेशी दलहरुले मधेसको एजेण्डामा आन्दोलन गरेपनि सत्तासँग सम्झौता गरेको टिप्पणी गरे । मधेशी दलले संविधान संशोधनको कुरा उठाए पनि त्यसमा बल नपुगि रहेको बताउँदै उनले संविधान संशोधनको विषयमा कता कता मधेश केन्द्रीत दलहरु अलमल