नेपाली कांग्रेसको राजनीतिमा झण्डै पाँच दशक रजगज चलाएका विजयकुमार गच्छदारको ओरालो यात्रा शुरु भएको छ । भ्रष्टाचार मुद्दाका कारण सांसद पदबाट निलम्बनमा परेका गच्छदार पार्टी राजनीतिमा पनि पराजित भएका छन् ।
कांग्रेस भित्रका एक सामान्य नेताले उपसभापतिमा गच्छदारलाई पराजित गरेका हुन् । धनराज गुरूङले १९ सय ८ मत ल्याउँदा विजय गच्छदारले १९ सय ६ मत पाए ।
२०१० सालमा सुनसरीमा जन्मेका गच्छदार २०२६ सालदेखि राजनीतिमा होमिएका थिए । राजनीतिक दौरानमा उनले साढे ६ वर्ष जेलजीवन विताएका थिए । २०४८ सालपछि भएका सबै...