गृहमन्त्री बालकृष्ण खाँणले प्रदेश राजधानी नहुँदैमा बुटवलको विकासमा फरक नपर्ने बताएका छन् । बुटवलले विकासमा फड्को मारिसकेको र यो आफ्नै बलबुतामा सम्भव भएको भन्दै उनले राजधानी नरहने पनि लुम्बिनी प्रदेशको विकासको केन्द्र बुटवल नै हुने बताए ।गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै गृहमन्त्री खाँणले बुटवललाई अहिलेको अवस्थामा ल्याइपुर्याउन सबैको साझा प्रयास रहेको बताए । रुपन्देहीको विकासका लागि आफूले धेरै प्रयास गरे पनि जस भने लिन नप