झापा : नेपाली भाषाभाषीको बाहुल्यता रहेको छिमेकी राष्ट्र भारतको पूर्वोत्तर राज्य सिक्किमको मनन भवनमा दर्शक खचाखच भरिएका थिए। भवनमा दर्शकको ताली, संगीतसँगै कविता कन्सर्ट गर्दै थिए, नेपालका चर्चित युवा कवि नवराज पराजुली।पहिलोपटक सिक्किम पुगेका नवराजको स्वागतका लागि दर्शक तथा श्रोताको तालीको वर्षा बर्सियो। कवि पराजुलीका कवितासँगै झुम्यो सिक्किम। पराजुलीले एक घण्टाभन्दा बढी प्रस्तुति दिए। प्रस्तुतिको समयमा सिक्किमका दर्शक मात्र नभई सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पिएस गोले)सहित मन्त