बहुसङ्ख्यक नेपालीले बोल्ने भाषा भए पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नेपाली र सामाजिक शिक्षा विषयका परीक्षार्थीको नतिजा अत्यन्तै कमजोर देखिएको छ। यो अवस्थाले नेपाली नागरिककै लागि नेपाली भाषा बिस्तारै बिरानो बन्दै गएको देखिन्छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार नेपाली विषयमा ‘ए प्लस’ ग्रेड ल्याउने परीक्षार्थी एक हजार ८०४ जना मात्रै छन्। ‘ए ग्रेड’ नै ल्याउने सामाजिक अध्ययन विषयका परीक्षार्थी पनि जम्मा तीन हजार २८३ जना मात्रै छन्।अधिकांश वि