काठमाडौं: नेपाल बार एसोसिएसनले सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा देवनागरी लिपि अनिवार्य गर्न माग गरेको छ। बिहीबार एक विज्ञप्ती निकालेर बारले नेपाली नागरिकले प्रयोग गरी आएको भाषाको संरक्षण, सम्बर्द्धन गर्ने गराउने कार्यका लागि सवारी तथा यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा(देवनागरी लिपि)मा हुनुपर्ने व्यवस्था गर्न माग गरेको हो ।महासचिव अधिवक्ता अन्जिता खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक व्यवस्थाको प्रतिकुल हुने गरी अन्य भाषा