काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरूको प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता एवम् सहसचिव टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गरी पीडितलाई कानूनअनुसार क्षतिपूर्ति पाउने हकको व्यवस्था स्मरण गराएका छन्।पोखरेलले निष्पक्ष र प्रभावकारी अनुसन्धान मार्फत यौनजन्य हिंसा तथा बलात्कार घटनाबाट पीडितहरूको न्यायिक हक र सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन्। आयोगले साक्षीको सुरक्षा गर्न, पीडितलाई मनोसामाजिक परामर्श र क्षतिपूर्ति उप