हवाई दुर्घटनामा ज्यान गुमाउनेका परिवारले अब बिमाबापत १ लाख ५८ हजार ९१० अमेरिकी डलर (१ करोड ७७ लाख ९७९ रुपैयाँ) पाउने भएका छन् । अन्तर्राष्ट्रिय उडानमा दुर्घटना भए मृतकका परिवारले २० हजार डलर (२४ लाख रुपैयाँ) पाउँदै आएकोमा अब भने बिमा रकम ८ गुणाले बढ्नेछ ।