नेकपा एमालेमा प्रवेश गरेका केन्द्रीय स्तरका पूर्वमाओवादी नेताहरुलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा रहँदासरहको जिम्मेवारी दिइने भएको छ । एमाले कार्यदलको आइतबार राति सम्पन्न बैठकले आन्तरिक विवाद समाधान गर्ने क्रममा १० बुँदे सहमति गर्दै पूर्व माओवादी नेताहरुलाई साविकको दलअनुसारकै जिम्मेवारी दिने भएको हो ।कार्यदलमा भएको १० बुँदे सहमतिको चौथो बुँदामा भनिएको छ, ‘२०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेका रहने कमरेडहरूको निर्णयलाई स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेक