लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं निवर्तमान सांसद अकवाल मियाँ नेकपा एमालेमा प्रवेश गरेका छन् । आज बिहान बालकोट पुगेर उनी एमालेमा प्रवेश गरेका हुन् । बारा क्षेत्र नम्बर ४ बाट लोसपाले उनलाई टिकट नदिने भएपछि उनी एमालेमा प्रवेश गरेका हुन् । सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीबाट कृष्णकुमार (किसान) श्रेष्ठले सो क्षेत्रका लागि टिकट पाउने भएका छन् ।लोसपाबाट उनले टिकट पाउने कन्फर्म जस्तै थियो । उनी त्यसका लागि तयारी पनि गरिरहेका थिए । तर सत्ता गठबन्धन र लोसपा