असोज पहिलो साताको सोमबार साँझ दोधारा–चाँदनी नगरपालिका–८ सुन्दरनगरमा सशस्त्र प्रहरीको टोली गस्तीमा थियो । ६ जनाको गस्ती टोली दुई समूहमा बाँडिएको थियो । भारतीय तस्करहरू आइरहेको देखेर सशस्त्र प्रहरी जवान केही अगाडि गएर झाडीमा लुकेर बसेका थिए । त्यतिकैमा अर्जुन कुमारसहितको भारतीय तस्करको टोली चिनीलगायत अन्य सामान लिएर आयो । सुनारले रोक्न खोज्दा तस्करको समूह उनीमाथि नै जाइलाग्यो । आठ जना तस्करको समूहले सुनारलाई हात र लठ्ठीले हानेर भागे । सुनारले फोन गरेर साथीहरूलाई बोलाउन पनि सकेनन् । कुटपिट भएको ५ मिनेटपछि गस्तीमा रहेका साथीहरू आए ।