भारतका पूर्वमन्त्री अजित सिंहको कोरोनाबाट निधन

एजेन्सी। राष्ट्रिय लोकदल प्रमुख तथा पूर्वमन्त्री अजित सिंहको कोरोना संक्रमणबाट मृत्यु भएको छ। गुरुग्रामस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा ८२ वर्षीय सिंहको निधन भएको हो। पूर्वप्रधानमन्त्री चौधरी चरण सिंहका छोरा अजित सिंह उत्तर प्रदेशबाट ७ पटक सांसद तथा केन्द्रीय नागरिक उड्डयन मन्त्री समेत भइसकेका थिए। कोरोनाका कारण फोक्सोमा संक्रमण बढेपछि उनको अवस्था नाजुक बनेको थियो ।

सम्बन्धित सामग्री

पूर्वमन्त्री यादवको कोरोनाबाट मृत्यु

पूर्वमन्त्री, संविधानसभा सदस्य तथा भूमि सम्बन्धी समस्या समाधान आयोगका सदस्य र नेकपाका केन्द्रिय नेता बाँके निवासी दिनेशचन्द यादवको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराईरहनुभएका यादवको विहिबार विहान चार बजे निधन भएको उहाँका आफन्त सोहनलाल यादवले बताउनुभयो ।