काठमाडौं, २१ असार । स्थानीय तहका जनप्रतिनिधिहरूले भोलि(शुक्रबार) सिंहदरबार घेर्ने भएका छन्। सरकारले स्थानीय तहलाई दिँदै आएको ५० प्रतिशत अनुदान कटौती गरेको र त्यसको विरूद्धमा देशभरका जनप्रतिनिधिहरूले भोलि सिंहदरबार घेर्न लागेको नेपाल नगरपालिका संघ अध्यक्ष भीम ढुंगानाले रिपोर्टर्स नेपाललाई बताए। उनका अनुसार सरकारले स्थानीय तहलाई दिने ५० प्रतिशत अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता […]