म्याग्दीको रघुगंगा गाउँपालिकाका सबै वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको छ। स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लबलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले गाउँपालिकाका वडा १ देखि ८ सम्म बालबालिकाहरुलाई बालश्रममा प्रयोग...
म्याग्दीको रघुगंगा गाउँपालिका– २ रिसिनचौतारीका युवाहरुले श्रमदान र सहयोग जुटाएर पदमार्ग निर्माण गरेका छन्। बेनी–जोमसोम सडक खण्डअन्तर्गत सिरुवारी आर्यघाटदेखि रिसिन चौतारीसम्म करिब दुई किलोमिटर लामो पक्की पदमार्ग सहयोग र श्रमदान...
म्याग्दी । कोरोना संक्रमितलाई सेवा दिन म्याग्दीका एक जना जनप्रतिनिधिले आफ्नो निजी गाडी एम्बुलेन्सको रूपमा प्रयोग गर्न गाउँपालिकालाई उपलब्ध गराएका छन् ।
रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आफ्नो निजी गाडी एम्बुलेन्स बनाउन गाउँपालिकालाई निःशुल्क प्रदान गरेका हुन् ।
पालिकामा कोरोना संक्रमणको जोखिम बढेको र संक्रमितलाई सहज रूपमा अस्पताल पुर्याउन भण्डारीले निजी गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न पालिकालाई हस्तान्तरण गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।
९ सिट क्षमताको स्कार्पियो जिपको चाबी मंगलबार पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई अध्यक्ष भण्डारले हस्तान्तरण गरे ।
समुदाय स्तरमै कोरोना संक्रमणको जोखिम बढेको र जुनसुकै समय संक्रमितलाई अस्पताल पुर्याउनुपर्ने भएकाले महामारी रहेसम्म गाउँपालिकालाई निःशुल्क रूपमा प्रयोग गर्ने गरी गाडी हस्तान्तरण गरेको अध्यक्ष भण्डारीले बताए ।
अध्यक्षले उपलब्ध गराएको गाडीलाई एम्बुलेन्सका रूपमा पालिकामा २४ सै घन्टा तयारी अवस्थामा राखिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।
गाडीमा स्वास्थ्य उपकरण जडान गरी चालकको व्यवस्था गरेर परिचालन गरिनेछ ।
अध्यक्ष भण्डारीले यसअघि पनि आफ्नो निजी खर्चमा गाउँपालिकामा विकास निर्माणका काम गरेका छन् ।
उनले निर्वाचित भएर आएपछिको करिब ४ वर्षको अवधिमा गाउँपालिकामा ५० लाखभन्दा बढीको निजी खर्चमा मोटर बाटो, मन्दिर, विद्यालयलगायत पूर्वाधार निर्माण गरेको स्थानीय बताउँछन् ।