नेकपा एमालेले भदौ २७ र २८ गते हुने विधान अधिवेशनका लागि चारवटा कमिटी गठन गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासल ललितपुरमा सोमवार बसेको एमाले केन्द्रीय कमिटीको ११ औं बैठकले विधान महाधिवेशनलाई लक्षित गरेर चारवटा कमिटी गठन भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
जसअनुसार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा राजनीतिक प्रतिवेदन मस्यौदा समिति र महासचिव इश्वर पोखरेलको संयोजकत्वमा संगठनात्मक प्रस्ताव मस्यौदा समिति गठन गरिएको छ । उपमहासचिव विष्णु पौडेलको नेतृत्वमा विधान संशोधन मस्यौदा कमिटी र नेता र...