काठमाण्डाै - नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि गठन गरिएका १४ उपसमितिमध्ये १२ वटा उपसमितिको संयोजक र सचिव तोकिएका छन् ।
गण्डकी प्रदेशमा हुने प्रतियोगिताका लागि कार्यकारी समितिले १२ उपसमितिको संयोजक र सचिव तोकेको हो । समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले १२ उपसमितिको संयोजक र सचिव तोकिएको र बाँकी दुई वटाको छिट्टै तोकिने बताएका छन् ।
समारोह उपसमितिको संयोजकमा एकेन्द्र कुँवर, सचिवमा शारिङ्गन निरौला, प्रविधिक उपसमितिको संयोजकमा हिमालराज दाहाल, सचिवमा प्र...