काठमाडौँ । यो वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड कराँतेका मण्डेकाजी श्रेष्ठले जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मङ्गलबार गरेको पल्सर स्पोर्टस् अवार्ड कार्यक्रममा १३ औँ सागमा एकै दिन दुई स्वर्ण जितेका मण्डेकाजी उत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन् ।