खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माको वडा कार्यालयमा लगाइएको ताला खुलाइएको छ ।
वडावासीले असहमति जनाउँदा–जनाउँदै अपायक पर्ने ठाउँमा वडा कार्यालयको भवन बनाइएको तथा एउटा जग्गा देखाएर दुई ठाउँको अन्य जग्गा वडा कार्यालयको नाममा ढाँटेर पास गरिएको भन्ने लगायतका आरोप लगाउँदै सोल्माका असन्तुष्ट स्थानीयवासीले हिजाे सोमवार वडा कार्यालयमा ताला लगाएका थिए ।
वडा कार्यालयमा लगाइएको ताला प्रहरी परिचालन गरेर आज मङ्गलवार खोलिएको हो । ताला खोलेपछि कर्मचारीले नियमित काम गरिरहेक...