नेपाल एसबिआई बैंक र आइएमईबीच सम्झौता भएको छ । सम्झौताअनुसार आइएमईका जुनसुकै शाखा सञ्जालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सो सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम र आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् । […]