काठमाडौं : स्थानीय तहले शिक्षामा गुणस्तरीयता ल्याउन विभिन्न विद्यार्थीहरूका लागि लाभदायी कार्यक्रम ल्याउन थालेका छन्। यसअघि जनप्रतिनिधिहरूले घोषणा गरेका कतिपय कार्यक्रम कार्यान्वयन गरिसकेका छन् भने केही कार्यान्वयनको चरणमा छन्। सुर्खेतको लेकवेशी नगरपालिकाका प्रमुख उमेशकुमार पौडैलले कार्यभार सम्हाल्दै आफ्नो कार्यकाल ५ वर्षमा ५ जनालाई निःशुल्क डाक्टर पढाउने घोषणा गरेका थिए। ती कार्यक्रमबारे निर्णय गरी कार्यान्वयनमा आएको छ।नगरपालिकाले एमबिबिएस अध्ययन छात्रवृत्तिका लागि आवेदन पेश गर्न गत भदौ २१