अवकाश प्राप्त कर्मचारीलाई निवृत्तिभरण (पेन्सन) दिन मात्रै चालू आर्थिक वर्ष २०७७-७८ को आठ महिनामा राज्यकोषको झन्डै साढे ३६ अर्ब रुपैयाँ सकिएको छ । सरकारले चालू आवको गत फागुन मसान्तसम्ममा अवकाश प्राप्त कर्मचारीलाई प्रदान गरिने पेन्सनबापत कुल ३६ अर्ब ४६ करोड ६७ लाख ९३ हजार ३ सय ६३ रुपैयाँ खर्च गरेको हो ।लामो समय सरकारी जागिर खाएर उमेर पुगेपछि अवकाश प्राप्त कर्मचारीलाई प्रदान गरिने पेन्सन रकममध्ये सो अवधिमा निजामती, प्रहरी, सेनातर्फका अवकाश प्राप्त कर्मचारीका लागि २८ अर्ब ४ करोड ७५ लाख ६५