२४ साउन, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तयार गरेको छ । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो । आयोगले गर्ने आन्तरिक कामको कार्यतालिका स्वीकृत गरेको आयुक्त ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नु पर्ने भएकोले […]