जेठ २, रौतहट । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषधाज्ञा लागू गरिएपछि चन्द्रपुर नगरपालिकाले बैंक तथा वित्तीय संस्था आलोपालो गरेर खोल्न निर्देशन दिएको छ ।
चन्द्रपुर नगरपालिकाले नगरक्षेत्रका २४ ओटा वाणिज्य, विकास बैंक र वित्त कम्पनीलाईलाई आलोपालो गरी कार्यालय खोल्न भनेको हो ।
नगरपालिकाले सार्वजनिक गरेको तालिका अनुसार आइतवार, मंगलवार तथा बिहीवार नेपाल बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, लुम्विनी विकास बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, कृषि विकास बैंक, राष्टिय वाणिज्य बैंक तथा माछापुच्छ्रे बैंक खुला रहने छन् ।
त्यसैगरी सोमवार, बुधवार र शुक्रवार भने नेपाल एसविआई बैंक, प्रभु बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक, एनबी बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, सिभिल बैंक, नबिल बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, कामना सेवा बैंक र गृहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइन्स खुला रहने छन् ।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई उच्च सर्तकताका साथ विहान १० बजेदेखि दिउँसो २ बजे सम्म कोरोबार गर्न भनिएको चन्द्रपुर नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताए ।कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएकोले आलोपालो गरी बैक तथा वित्तीय संस्था खुला राख्न सर्वपक्षिय बैठकको निर्णय भएको उनले बताए ।