कामना सेवा बैंकद्वारा १९.४७ % लाभांश घोषणा

असोज ८, काठमाडौं । कामना सेवा बैंक लिमिटेडले  गत वर्षको सञ्चित नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७/ ७८ को सञ्चित नाफाबाट १९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले यस वर्ष १८ दशमलव ५० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि शून्य  दशमलव ९७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिले गरेको यो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।  हाल कम्पनीको २ अर्ब ६५ करोड १९ लाख ६३ हजार ७३१ रुपैयाँ चुक्तापूँजी रहेको छ । सोही पूँजीको आधारमा  कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

सम्बन्धित सामग्री

सात विकास बैंकले गरे लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १५ विकास बैंकमध्ये हालसम्ममा सात विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक र महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेका हुन् । त्यस्तै ज्योति विकास बैंक, कामना सेवा विकास बैंक र सप्तकोशी विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारणसभा बोलाएका छन् ।   लाभांश घोषणा गरेका अधिकांश विकास बैंकले बोनस शेयरलाई प्राथमिकता दिएका छन् । लाभांश घोषणा गरेका बैंकमध्ये सबैभन्दा बढी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १० दशलमव २ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५५ प्रतिशत गरेर कुल १० दशमलव ७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश साधारण सभाबाट पारित भइसकेको छ ।  त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश मङ्सिर २४ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरिसकेको छ । त्यसैगरी मुक्तिनाथ विकास बैंकले ९ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५१३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।  मितेरी डेभलपमेन्ट बैंकले कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कुल लाभांशमध्ये ९ दशलमव ५० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५० प्रतिशत कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस १४ गते साधारण सभा बोलाएको छ । लुम्बिनी विकास बैंकले ४ प्रतिशत बोनस शेयर र ४ दशलमव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश पारितका लागि कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ ।  गरिमा विकास बैंकले ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । महालक्ष्मी विकास बैंकले भने ६ दशलमव ४ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।  कुन बैंकको कति ?

७ ओटा वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन बैंकको कति  लाभांश ?

असोज २१, काठमाडौं । हालसम्म सात ओटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  बिहीवारसम्म हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स बैंक इन्टरनेशनलले लाभांशको प्रस्ताव गरेका हुन् । बैंकहरुले प्रस्ताव गरेको लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पुगेको छ । राष्ट्र बैंकले केही बैंकको लाभांश स्वीकृत गरिसकेको छ भने केहीको स्वीकृत हुन बाँकी छ ।            लाभांश प्रस्ताव गरेका सात वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश हिमालयन बैंकको छ । बैंकले शेयरधनीलाई कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने सबैभन्दा कम कुमारी बैंकले ८ दशमलव ६७ प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरेको छ ।            बैंकहरुको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीको हातमा लाभांश पर्नेछ । बैंकहरुले लाभांश घोषणा गर्न थालेपनि शेयरधनीले भने दशैंपछाडी मात्र लाभांश पाउने भएका छन् ।            विगतका वर्षमा केही वाणिज्य बैंकले दशैंअघि नै वार्षिक साधारणसभा बोलाएर शेयरधनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने शेयरधनीले दशैं अगाडि लाभांश नपाउने भएका हुन् ।            कुन बैंकको कति ?            गत आर्थिक वर्षको नाफाबाट हिमालयन बैंक लिमिटेडले शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बुधवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २१ दशमलव ३६ प्रतिशत बोनस शेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।            यस्तै, सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १७ दशमलव ८९प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत र सिटिजन्स बैंक इन्टरनेसनलले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् । गत आवको नाफाबाट माछापुछ्रे बैंकले शेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त कम्पनीले कात्तिक २६ गतेका लागि साधारण सभा पनि बोलाइसकेको छ ।            यस्तैगरी, कुमारी बैंकले शेयरधनीलाई ८ दशमलव ६७ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३दशमलव शून्य ६ प्रतिशत लाभांश घोषणा गरेका छन् ।            दशैंमा लाभांश नपाउने            बैंकहरुले लाभांश घोषणा गर्न थालेपनि शेयरधनीले भने दशैं पछाडी मात्र लाभांश पाउने भएका छन् । विगतका वर्षमा केही वाणिज्य बैंकहरुले दशैं अघि नै वार्षिक साधारण सभा बोलाएर शेयरधनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने शेयरधनीले दशैं अगाडि लाभांश नपाउने भएका हुन् ।            नेपाल बैंकर्स संघ अध्यक्ष भुवन दाहालका अनुसार यस वर्ष बैंकहरुले ढिलो गरेर वित्तीय विवरण सार्वजनिक गरेकोले अन्य प्रक्रियामा समेत ढिलाइ हुँदा लाभांश वितरणमा ढिलाइ भएको हो ।  ‘यस वर्ष वित्तीय विवरण सार्वजनिकमा ढिलाइ भयो’, उनले भने, ‘नेपाल राष्ट्र बैंकले भदौसम्मको आम्दानीलाई जोड्न पाउने व्यवस्था पनि गर्‍यो । यी व्यवस्थाले बैंकहरुले समय पनि पाए, त्यसैले पनि यसवर्ष दशैं आगाडि शेयरधनीलाई लाभांश दिन सकिएन ।’ दिपावली आसपासमा शेयरधनीले लाभांश पाउन सक्ने उनको भनाइ छ । हाल केही बैंकले साधारणसभा पनि बोलाइसकेका छन् । साधारण सभाले लाभांश पारित गरेपछि मात्र शेयरधनीले लाभांश पाउनेछन् ।            विकास बैंकमा कामना पहिलो            सात ओटा वाणिज्य बैंकले लाभांश घोषणा गरे तापनि विकास बैंकमा लाभांश घोषणा गर्ने पहिलो बैंकमा कामना सेवा विकास बैंक भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट १९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।            यही असोज ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्तापूँजीको १८ दशमलव ५० प्रतिशत बोनस र कर प्रयोजनका लागि शून्य दशमलव ९७ प्रतिशत नगद लाभांशसमेत गरी १९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित १९ दशमलव ४७ प्रतिशत लाभांश गत चार वर्षयताकै उच्च हो ।  रासस

कामना सेवा विकास बैंकले १९.४७ प्रतिशत लाभांश दिने

कामना सेवा विकास बैंकले लाभांश घोषणाा गरेको छ । सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।बैंकले हाल कायम चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको प्रस्तावित […]

कामना सेवा विकास बैंकले घोषणा गर्यो चार वर्ष यताकै उच्च लाभांश

काठमाडौं, असोज ९। कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश समेत गरी […]

कामना सेवा विकास बैंकले १९.४७ प्रतिशत लाभांश दिने

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणाा गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/२०७८ को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत...

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले लाभांश घोषणा गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९७ प्रतिशत नगद लाभांश गरि कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । हाल बैंकको चुक्ता पुंजी २ अर्ब ६५ करोड १९ लाख ६३ हजार रहेको छ।