कर्णालीमा आइतबार मन्त्रिमण्डलले पूर्णता पाउँदैछ । त्यसका लागि नयाँ बन्ने मन्त्रीहरूको नाम टुङ्गिएको छ । तीन दलीय गठबन्धन रहेको कर्णालीमा मुख्यमन्त्री जीवनबहादुर शाहीको टीममा उनको दलबाट सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाही मन्त्री बन्नेछन् । यस्तै गठबन्धनभित्रको सबैभन्दा ठुलो दल नेकपा माओवादी केन्द्रबाट गणेशप्रसाद सिंह र कार्चेन लामा मन्त्री बन्नेछन्। सिंहलाई जलस्रोत तथा ऊर्जा मन्त्रालय र लामालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन