२० हजार घूस लिँदालिँदै प्रहरी नै अख्तियारकाे फन्दामा

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी, कान्तिबजार महोत्तरीका इञ्चार्ज र वरिष्ठ हबल्दारलाई घूस रकमसहित पक्राउ गरेको छ।व्यक्तिले ‘लिज’मा लिई भोगचलन गर्दै आएको जग्गामा खेतीपाती तथा व्यवसायमा बाधा–अवरोध गरेको विषयमा सेवाग्राहीसँग घूस माग्दै गरेको अवस्थामा आयोगले पक्राउ गरेको हो। महोत्तरी जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयन नगर्नका लागि छलफल गराउने भनी सेवाग्राहीसँग प्रहरी सहायक निरीक्षक शर्माप्रसाद यादव र वरिष्ठ हबल्दार मन्जितकुमार झाले २० हजार लिँदै गरे

सम्बन्धित सामग्री

उपत्यकामा सात हजार प्रहरी र ९७८ जना ट्राफिक प्रहरी परिचालित

काठमाडौं, मंसिर ७ । बल्खु र तीनकुनेमा आज हुने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ । प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब सात हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रदर्शन स्थल र जुलुसको बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी, काठमाडौंमा […]

चाडपर्व लक्षित सुरक्षामा ५० हजार प्रहरी खटिए

काठमाडौं : दशैँतिहार तथा छठ पर्वमा सर्वसाधारणको सुरक्षामा देशभर ५० हजार प्रहरी खटिएका छन्।नेपाल प्रहरीले देशैभर विशेष सुरक्षा योजना लागू गर्दै चाडपर्व लक्षित सुरक्षाकर्मी परिचालन गरेको हो। यो योजनाअन्तर्गत देशभर ५० हजार ५३० जना प्रहरी खटाइएको प्रहरी नायव महानिरीक्षक (डिआइजी) कुवेर कडायतले जानकारी दिए।प्रहरी प्रधान कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आइतबारदेखि नै देशैभरका प्रहरी एकाइमा लागू गर्न सूचना जारी गरेको छ।प्रहरी टोलीले आवश्यकताका आधारमा सीमानाका, यात्रु सहायताकक्ष, नागरिक

चाडपर्वका लागि कर्णालीमा ४ हजार बढी प्रहरी परिचालन

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चाडपर्व (दशैं तिहार र छठ) मा शान्ति सुरक्षाका लागि प्रदेशभर ४ हजार १ सय ४१ प्रहरी प्रत्यक्ष परिचालन गरेको छ। मातहतका दश जिल्लामा ११ प्रकारका चाडपर्व सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेशभर ४ हजार बढी प्रहरी परिचा...

काठमाडौंको चाडपर्व सुरक्षा : तीन हजार ३४३ प्रहरी परिचालन हुने

चाडपर्वको समयमा देशको संघीय राजधानी काठमाडौंको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आज मंगलबारदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण

५ हजार बढी प्रहरी जवान दीक्षित

नेपाल प्रहरीका ५ हजार बढी जवानहरू दीक्षित भएका छन् । विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७८ असोज १७ गतेदेखि सञ्चालित प्रहरी जवान आधारभूत तालिममा सहभागी ५ हजार १ सय ३१ जना प्रहरी जवानहरू बिहीबार दीक्षित भएका हुन् ।१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको दीक्षान्त समारोहमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् । उक्त दीक्षान्त समारोहमा ७ सय १४ जना प्रशिक्षार्थीहरु दीक्षि

भक्तपुर विस्केट जात्रा : सुरक्षाका लागि एक हजार प्रहरी परिचालन

भक्तपुरको दरबार क्षेत्रमा आज साझँदेखि सुरु हुने ऐतिहासिक विस्केट जात्राको सुरक्षामा एक हजार प्रहरी परिचालन गरिने भएको छ। प्रहरी हेडक्वार्टर, महानगरीय प्रहरी कार्यालय रानीपोखरी र भक्तपुर परिसरबाट उक्त प्रहरी टोली...

साढे ७ हजार प्रहरी जवानको सरुवा

काठमाडौँ – नेपाल प्रहरीमा एकै पटक साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो । ]फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी उनीहरुको सरुवा भएको हो।

एकैपटक साढे ७ हजार प्रहरी जवानको सरुवा

काठमाडौँ – नेपाल प्रहरीमा एकै पटक साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले ७ हजार ३४४ जवानको सरुवा गरेको हो। फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको हो। प्रहरी प्रधान कार्यालयले एक महिनाअघि प्रहरी सहायक निरीक्षकहरुकाे सरुवा गरेकाे थियाे।

एकैपटक १८ हजार प्रहरी बढुवा हुँदै

प्रहरीमा एकैपटक १८ हजार कर्मचारी बढुवा हुने भएका छन् । प्रहरी नियमावली-२०७१ को ९ औं संशोधनपछि पुस ३ गते राजपत्रमा प्रकाशित भएसँगै १८ हजार प्रहरी कर्मचारी बढुवा हुने भएका हुन् । प्रहरी नियमावली संशोधन गरेर प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षकसम्म तह विभाजन गरेपछि योग्य व्यक्ति बढुवा हुन लागेका छन् । प्रहरीमा प्रथम श्रेणीमा अब प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई), प्रहरी नायव निरीक्षक (सई) र द्वितीय श्रेणीमा प्रहरी सहायक निरीक्षक (असई) भएका छन् । तृतीय श्रेणीमा प्रहरी वरिष्ठ ह...

छ हजार सहित प्रहरी हवल्दार पक्राउ

इनरुवा / घुस वापत लिएको ६ हजार रकम सहित अख्तियारको टोलीले प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले ६ हजार रकम सहित इलाका प्रहरी कार्यालय हरिनगरमा कार्यरत प्रहरी हवल्दार भोला यादवलाई नियन्त्रणमा लिएको हो । सीमा क्षेत्रबाट तस्करीको सामान ओसारपसारमा सहयोग गर्ने वहानामा हवल्दारले रकम माग गर्ने गरेको सूचनाका... The post छ हजार सहित प्रहरी हवल्दार पक्राउ appeared first on Purbeli News.