मध्यपहाडी लोकमार्गको गलकोट खण्ड क्षतविक्षत

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको घोडाबाँधे–गलकोट खण्ड अहिले क्षतविक्षत अवस्थामा रहेको छ । यस राजमार्गको सुरुमा उक्त खण्ड कालोपत्रे गरिएको थियो । राजमार्गअन्तर्गत बागलुङको घोडाबाँधेदेखि गलकोटको हटिया सडक कालोपत्रे भएको सात वर्ष बित्यो । अहिले उक्त खण्ड निकै जीर्ण बनेको हो । कमसल सामग्री प्रयोगका कारण अहिले सडकखण्डको विभिन्न स्थानमा कालोपत्रे उप्किएर यात्रा …

सम्बन्धित सामग्री

मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध

बागलुङ । अविरल वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । आज बिहान लोकमार्गको गलकोट नगरपालिका–१ झाँक्रीस्थानमा पहिरो खस्दा लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा पश्चिम बागलुङबाट जिल्ला सदरमुकामसम्म सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । पोखरा, काठमाडौँसहित ठूला सहरबाट बागलुङको बुर्तिबाङसहित रुकुम–पूर्व, जाजरकोट, रुकुम–पश्चिम सञ्चालन हुने […]

मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध

अविरल वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । आज बिहान लोकमार्गको गलकोट नगरपालिका–१ झाँक्रीस्थानमा पहिरो खस्दा लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । गलकोट नगरपालिका–१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

२६ असार, बलेवा (बागलुङ) । मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । गलकोट नगरपालिका-१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । भिरालो जमिनमा पहिरो निरन्तर …

राष्ट्रिय गौरवको लोकमार्गको क्षेत्रमा पक्की संरचना

गलकोट, १९ चैत । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको सडक मापदण्ड दायाँबायाँ २५/२५ मिटरको हो । सडकको छेउछाउमा संरचना बनाउन स्थानीय तहले मापदण्ड हेरेर मात्रै निर्माण अनुमती दिने गरे पनि यहाँस्थित नेपाली सेनाको श्रीमेयर गणले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्ग मिचिरे पक्की संरचना बनाइरहेको छ । स्थानीय तहलाई खबरै नगरी […]

कालोपत्रे नसकिँदै मध्यपहाडी लोकमार्ग क्षतविक्षत

बागलुङ : कालोपत्रे नसकिँदै मध्यपहाडी लोकमार्ग अन्तरगतको घोडाबाँधे–गलकोट खण्ड क्षतविक्षत बनेको छ। यो सडक खण्डसँगै बागलुङ सदरमुकामदेखि काठेखोला, बडिगाड, ढोरपाटन हुँदै निसीखोलासम्म पर्ने मध्यपहाडी लोकमार्गको अधिकांश भाग क्षतविक्षत बनेको हो।ठेकेदार कम्पनीले कमसल सामग्रीको प्रयोग र बाढी, पहिरोको कारण सडकको बीच भागमा ठूला खाल्डाखुल्डी परेका छन् भने भलले सडक चिरिएर दुर्घटनाको जोखिम बढाएको छ।बागलुङ सदरमुकामदेखि बिहुँसम्मको खण्ड कालोपत्रे गर्न बाँकी रहेपनि बिहुँ हुँदै गलकोट–बडिगाड–

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

दुई दिन देखिको वर्षासँगै खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे–हटिया सडक गए रातिदेखि अवरूद्ध भएको छ । सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन बाटोमै थन्किएका छन् । यात्रुले सास्ती व्यहोरिरहेका छन् । ठाउँठाउँमा खसेका पहिराले लोकमार्ग क्षतविक्षत बनेको छ । गलकोट नगरपालिकाका प्रवक्ता  हेमन्त भण्डारीका अनुसार अहिले डोजरले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने काम भइरहेको छ ।

पहिराे खसेपछि मध्यपहाडी लोकमार्ग बन्द

बाग्लुङ - दुई दिनदेखिको वर्षासँगै खसेको पहिराेका कारण मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्डअन्तर्गत घोडाबाँधे–हटिया सडक गएरातिदेखि बन्द भएको छ ।  सडक बन्द हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका गाडी बाटोमै थन्किएका छन् । यात्रुले सास्ती बेहोरिरहेका छन् । ठाउँठाउँमा खसेकाे पहिराेले लोकमार्ग क्षतविक्षत बनेको छ । गलकोट नगरपालिकाका प्रवक्ता  हेमन्त भण्डारीका अनुसार अहिले डोजरले पहिराे पन्छाएर बन्द सडक खुलाउने काम भइरहेको छ ।

मध्यपहाडी लोकमार्ग : बागलुङ खण्ड स्तरोन्नतिको काममा ढिलाइ

बागलुङ । मध्यपहाडी राजमार्गको बागलुङ खण्ड स्तरोन्नतिको काममा ढिलाइ भएको छ । लोकमार्गको सबैभन्दा लामो खण्ड बागलुङमा रहेको छ । जिल्ला सदरमुकाम खण्ड दुई वर्षमा कालोपत्र गर्ने भनिए पनि अझै हुन सकेको छैन । ६ वर्षसम्म पनि यो सडक कालोपत्र हुन नसक्दा बिहुँका स्थानीयवासीले निर्माण व्यवसायीविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका छन् । गत असारपछि रोकिएको मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटरमा पुनः काम थालिएको छ । गत असोजमा बागलुङ घोडाबाँधे सडक खण्डअन्तर्गत बिहुँमा दुई किलोमिटर सडक कालोपत्र गरेर काम छाडेको निर्माण कम्पनीले फागुनदेखि काम थालेको छ । ट्र्याक खोलेको २४ वर्षपछि सडक कालोपत्र हुने आशा स्थानीयको छ । अहिले जिल्ला सदरमुकामको खहरे, मूलपानी क्षेत्रमा आधार तयार पार्ने कार्य भइरहेको छ भने उपल्लो खण्डको बिहुँमा कालोपत्रका लागि ग्राभेल बिच्छ्याउने काम भइरहेको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले बताएको छ । मध्यपहाडी (पुष्पलाल) राजमार्ग आयोजना पर्वत कार्यालयका प्रमुख इञ्जिनीयर नारायणदत्त भण्डारीले असारपछि निर्माण व्यवसायीलाई निरन्तरको ताकेतापछि काममा तीव्रता दिन थालेको बताए । ‘अहिले घोडाँबाधेदेखि बागलुङ बजारसम्मको सडकमा कालोपत्र गर्नुअघिका काम भइरहेको छ, सब–बेस बिच्छ्याउने, ग्याबिन भर्ने र कल्र्भट बनाउने काम तल्लो खण्डमा भइरहेको छ,’ उनले भने । यो राजमार्गको बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहुँ खण्ड र बिहुँ घोडाबाँधे सडक खण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का भएको थियो । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी/एससीएफ/ईसीसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा कालोपत्र गर्ने ठेक्का सम्झौता गरेका थिए । तर निर्माण शुरू भएको ६ वर्षमा ६० प्रतिशत मात्र प्रगति भएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने जिल्लाका दुर्गम स्थान निसीखोला, ढोरपाटन, गलकोट र बडिगाड खण्डमा कालोपत्र भइसकेको छ । तर जिल्ला सदरमुकामसँग जोडिएको लोकमार्गको २५ किमी सडक खण्डको कालोपत्र नहुँदा बासिन्दा मर्कामा परेका छन् । रासस

मध्यपहाडी लोकमार्ग अवरोध हुँदा सर्वसाधारणलाई सास्ती

भदौ २१, पर्वत । पहिरोका कारण पर्वत जिल्लामा सडक अवरुद्ध भएको छ । कुश्मा नगरपालिका ८ चुवादेखि मोदी गाउँपालिका ६ बेतनी सम्मको १२ किलोमिटर सडकखण्डमा २० स्थानमा ठूलो पहिरो खसेको छ ।  पहिरोले सडक पुरिएको छ भने कतिपय ठाउँमा सडक नै भत्किएको छ । यसले गर्दा साविक धौलागिरीका चार जिल्ला नराम्रोसँग प्रभावित भएका छन् ।  यहाँका सर्वसाधारणहरु आवातजावतमा ठूलो सास्ती भइरहेको छ । सवारीसाधान नचल्दा पहिरो छिचोल्दै मानिसहरु पैदल हिँड्न थालेका छन् । सबै पहिरो पन्छ्याएर सडक सञ्चालनमा ल्याउन करीब एक हप्ता लाग्न सक्ने अनुमान गरिएको छ । बिरामीहरुलाई अस्पतालसम्म पुर्‍याउन समस्या भइरहेको छ ।  दैनिक उपभोग्य वस्तुको आयात ठप्प छ । इन्धन आयात समेत रोकिँदा बजारमा अभाव हुँदै गएको छ । फलफूल तथा चाँडबाडमा चाहिने सामग्रीहरुको पनि बजारमा अभाव हुन थालेको उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले बताए ।  तर, पहिरो खसेको मध्यपहाडी लोकमार्गको अर्को विकल्प नहुँदा बाटो बन्द रहने बेलासम्म आयात पनि बन्द नै रहने अवस्था देखिएको छ । सामग्री आयातको विकल्पको रूपमा पोखरा–वालिङ–हुवास–लुँखु–कुश्मा खण्डलाई प्रयोग गर्न त सकिन्छ । मध्यपहाडी लोकमार्ग हुँदै पोखराबाट पर्वत सदरमुकाम कुश्मा पुग्न बढीमा दुई घण्टा लाग्छ । तर, पोखरा–वालिङ–हुवास–लुँखु–कुश्मा आउने मालबहाक ट्रकलाई दुई दिन लाग्न सक्छ ।  अर्को बाटो भनेको बुटवल–गुल्मी–बडीगाड–गलकोट–बागलुङ सडक हो । यो सडक रुपन्देही जिल्लामा कालोपत्र भएको भए पनि त्यसयता भने कच्ची नै छ । वर्षा नरोकिएका कारण यो सडकबाट सामग्री ढुवानी गर्नु निकै कठिन भएको छ ।  तीजमा तरकारी र फलफूल लगायतका खाद्यवस्तुको उपयोग बढी हुने तर यही बेलामा ती वस्तुहरूको अभाव हुँदै जान थालेको कुश्माका फलफूल तथा तरकारी व्यवसायी राम पौडेल बताउँछन् । ‘२५० मा बेच्ने गरेको स्याउ ४०० मा, ६० को बन्दा १००, १५० को काउली २००, ७० को करेला १२० मा, ६० को टमाटर १०० मा बेचिएको छ,’ उनले भने, ‘गाउँबाट आउने उत्पादनलाई भाग लगाएर महँगोमा लिनु परेको छ । त्यही पनि स्थानीय उत्पादनले त एक छेउ पनि हुँदैन । सबै कुरा बाहिरबाट आउने हो, व्यापार हुने तीजकै बेलामा सामान पाइएको छैन ।’ पेट्रोलियम पदार्थ लामो समयका लागि सञ्चित गर्ने व्यवस्था नहुने र बाहिरबाट ल्याउन रोकिँदा भएको सञ्चितीले नधान्ने व्यवसायीहरू बताउँछन् । ‘अझै १–२ दिन डिजेल मिलाएर वितरण गरे पुग्ला तर पेट्रोल सकियो,’ गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएशनका सदस्य हरिबाबु सापकोटाले भने, ‘एकै पटक धेरै राख्दा पेट्रोलियम पदार्थ टिक्दैन, स्टोर नभएका कारण अभाव हुने देखिएको हो ।’ बजारमा सामग्री अभाव हुँदै जाँदा महँगी र कालोबजारी बढ्न सक्ने भएकाले प्रशासनले यो बारेमा गोप्य अनुगमन गरिरहेको र कसैले त्यस्तो गरेको पाइएमा तुरुन्तै कारबाही गरिने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् ।  ‘प्रशासनले कसैलाई ग्राहक बनाएर पसलमा पठाउँछ, कालोबजारी र महँगीबारे सूचना लिएर आएपछि प्रशासनले तुरुन्तै एक्सन लिन्छ’ उनले भनिन्, ‘हामी एकतर्फी रूपमा भए पनि छिटो बाटो सञ्चालनमा ल्याउनुपर्छ भनेर लागिरहेका छौँ । पहिरोबाट पीडित बनेकाहरूलाई राहत दिनका लागि पनि व्यस्त भएका छौँ । अभावको समस्या लामो रहँदैन ।’ सडक खुलाउने प्रयास भने भइरहेको खत्रीले बताईन् । उनले सडक खुलाउन कुश्मा तर्फबाट र मोदी तर्फबाट साधानहरु परिचालन भएका छन् । ठूलो पहिरोमा बम विस्फोट गराउने तयारी रहेको प्रजिअ खत्रीले जानकारी दिइन् ।  वैकल्पिक मार्ग नभएका कारण डिजेल, पेट्रोल, खाद्यान्न, तरकारी तथा फलफूल लगायतका सामग्रीहहरु लिएर आउँदै गरेका ट्याकंर तथा ट्रकहरू पर्वतको मोदी गाउँपालिका–५ पातीचौरमा रोकिएका छन् ।