पहिराे खसेपछि मध्यपहाडी लोकमार्ग बन्द

बाग्लुङ - दुई दिनदेखिको वर्षासँगै खसेको पहिराेका कारण मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्डअन्तर्गत घोडाबाँधे–हटिया सडक गएरातिदेखि बन्द भएको छ ।  सडक बन्द हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका गाडी बाटोमै थन्किएका छन् । यात्रुले सास्ती बेहोरिरहेका छन् । ठाउँठाउँमा खसेकाे पहिराेले लोकमार्ग क्षतविक्षत बनेको छ । गलकोट नगरपालिकाका प्रवक्ता  हेमन्त भण्डारीका अनुसार अहिले डोजरले पहिराे पन्छाएर बन्द सडक खुलाउने काम भइरहेको छ ।  

सम्बन्धित सामग्री

पहिराे गएपछि मध्यपहाडी लोकमार्ग बन्द

बाग्लुङ - वर्षासँगै खसेको पहिराेका कारण मध्यपहाडी लोकमार्गको बाग्लुङ–घोडाबाँधेखण्ड गए रातिदेखि बन्द भएको छ । बाग्लुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सडक खण्ड बन्द भएको हो ।  सडक बन्द हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका गाडी बाटोमै थन्किएका छन् भने यात्रुले सास्ती बेहोरिरहेका छन् । पहिराेसँगै ठूला–ठूला रूख सडकमा खसेकाले सडक खुलाउन कठिन भइरहेको छ । आज बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले ब...