काठमाडौं : माघे संक्रान्ति नजिकिएसँगै बजारमा तरुलको माग बढेको छ। काठमाडौंमा विशेषषरी धादिङ, काभ्रे, मकवानपुर, चितवन, नवलपरासी र सुनसरीलगायत जिल्लाबाट तरुल आयात हुन्छ।कालिमाटी तरकारी बजारमा अहिले सिमल, हात्तीपाइले जातका साथै नीलो, सेतो र वनतरुल भित्रिएको छ। यसका साथै स्कुसका जरा पनि बजारमा देखिन्छ। कालिमाटी बजारमा हरेक वर्ष माघे संक्रान्तिको सेरोफेरोमा एक हजार टनभन्दा बढी तरुलको व्यापार हुने गरेको व्यापारी बताउँछन्।आकार र जातअनुसार केजीको २०० देखि ५०० रुपै