तस्वीर : कालिमाटी तरकारी बजारमा विक्रीका लागि राखिएको तरुल

काठमाडौंको कालिमाटी तरकारी बजारमा आइतवार दिउँसो विक्रीका लागि राखिएको तरुल । माघे संक्रान्ति नजिकिएसँगै अत्यधिक खपत हुने तरुल सर्लाही र नवलपरासीबाट त्यहाँ ल्याइएको हो । तरुलको मूल्य प्रतिपाँच किलो ३०० देखि ३५० रुपैयाँसम्ममा विक्री हुने गरेको व्यापारी राजेन्द्र महतो बताउन्छन् । तस्वीर : प्रकाश के.सी /  आर्थिक अभियान