नबिल ब्यालेन्सड् फण्ड–३ का इकाईमा मागभन्दा बढीको आवेदन

नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘नबिल ब्यालेन्सड् फण्ड–३’ को सार्वजनिक निष्कासनमा माग भन्दा बढीको आवेदन परेको छ । आवेदन खुलाएको तीन दिनमै कम्पनीले माग गरेको भन्दा बढी आवेदकले इकाइ खरिदका लागि आवेदन दिएको कम्पनीले जनाएको छ ।प्रतिइकाई मूल्य १०रुपैयाँका दरको १० करोड इकाईमध्ये न्यूनतम एक करोड ५० लाख वा कुल बिक्री भएको इकाई […]

सम्बन्धित सामग्री

१४ ओटा सामूहिक लगानी कोष योजना सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा

पुस २९, काठमाडौं । धितोपत्रमा लगानी गरी नाफा कमाउने उद्देश्यसहित थप १४ ओटा सामूहिक लगानी कोष योजना सञ्चालनको तयारीमा रहेका छन् ।  नेपाल धितोपत्र बोर्डमा दुई ओटा खुलामुखी र १२ ओटा बन्दमुखी सामूहिक लगानीकोष योजना सञ्चालनका लागि योजना व्यवस्थापक कम्पनीहरुले निवेदन दिएका हुन् । नेपालमा मर्चेण्ट बैंकरहरुले सामूहिक लगानीकोष योजनाहरु सञ्चालन गर्दै आएका छन् ।  बोर्डको वेबसाइटलाई आधारमान्दा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले खुलामुखी योजना सञ्चालनका लागि नियामक निकायसँग अनुमति मागेका छन् । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले नबिल फ्लेक्सी क्याप फण्ड नामक खुलामुखी योजना सञ्चालनको तयारी गरेको हो ।  उक्त योजना सञ्चालनका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङले रू. ७५ करोड बराबरको ७ करोड ५० लाख इकाई जारी गर्न लागेको हो । यस योजना सञ्चालनका लागि क्यापिटलले गत असार २७ गते नै निवेदन दिएको हो । हाल योजना सञ्चालन स्वीकृतिको प्रकृया प्रारम्भिक चरणमै रहेको देखिन्छ । लक्ष्मी क्यापिटलले सञ्चालनको तयारी गरेको शुभ लक्ष्मी कोष नामक खुला मुखी योजनका लागि भने रू. ५० करोड बराबरको ५ करोड इकाई विक्रीका लागि अनुमति मागिएको छ । खुलामुखी प्रकृतिको यस योजना सञ्चालनका लागि लक्ष्मी क्यापिटलले गत बैसाख ९ गते बोर्डमा निवेदन दिएको थियो । यस योजना सञ्चालनको स्वीकृति प्रकृया भने जवाफ र समीक्षाकै चरणमा रहको देखिन्छ । यी बाहेक एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड–२, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, कुमारी क्यापिटलले कुमारी धनवृद्धि योजना र कुमारी सुनौलो लगानी योजना, ग्लोबल आइएमई क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्सड् फण्ड–१, एनएमबि क्यापिटले एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड–२, सानिमा क्यापिटलले सानिमा ग्रोथ फण्ड, सिद्धार्थ क्यापिटलले सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोड स्किम–३, प्रभु क्यापिटलले प्रभु स्मार्ट फण्ड, सिबिआइएल क्यापिटलले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सनराइज क्यापिटलले सनराइज फोकस्ड इक्वीटी फण्ड र एनआईबिएल एस क्यापिटलले एनआईबिएल ग्रोथ फण्ड नामक योजना सञ्चालन गर्न लागेका हुन् । असोजदेखि नै नियामक निकाय बोर्ड नेतृत्व बिहिन भएसँगै आईपीओ र सामूहिक लगानीकोष योजनाका लागि स्वीकृति दिने प्रकृयामा ढिलाई भइरहेको छ ।  अध्यक्ष पदपूर्तिका लागि आवेदन माग गरिएको छ । अझै बोर्डको अध्यक्ष पदपूर्तिका लागि केहि समय लाग्ने देखिन्छ । बोर्डको सञ्चालक समितिको निर्णयपछि मात्र काम कारवाही अघि बढाउनु पर्ने अवस्थाले पछिल्लो समय आईपीओ र सामूहिक लगानीकोष योजना सञ्चालनको अनुमति प्रकृया लम्बिएको जानकारी बोर्डले दिएको छ ।  हाल निमित्त अध्यक्षको जिम्मेवारी पाएका बोर्डका कार्यकारी निर्देशक निरज गिरीले यसअघि शर्त तोकेर स्वीकृति दिने व्यवस्था रहेकोमा हाल सञ्चालक समितिले शर्त पूरा गरेपछि मात्र स्वीकृति दिने व्यवस्था गरेको बताएका छन् । सोही व्यवस्थाका कारण पनि कतिपय कम्पनीको आईपीओ एवम् सामूहिक लगानीकोष योजना सञ्चालनको अनुमतिमा ढिलाई भएको जानकारी गिरीले दिए । स्वीकृतिको प्रारम्भिक चरणमा रहेका योजना :                                                                       स्रोतः नेपाल धितोपत्र बोर्ड

नबिल ब्यालेन्सड् फन्ड–३ का लागि माग गरिए भन्दा बढीको आवेदन

काठमाडौं । नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने बन्द मुखी योजना ‘नबिल ब्यालेन्सड् फन्ड–३’को इकाईहरुमा माग गरिए भन्दा बढीको आवेदन परेको छ ।प्रति इकाई मूल्य १० दरको १० करोड इकाई मध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रवर्द्धक नबिल बैंक लिमिटेडलाई सुरक्षित गरिएको छ ।यसैगरी, १ प्रतिशत योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाईमा सार्वजनिक निष्काशन गरेको तीन दिनमै माग भन्

नवील ब्यालेन्सड् फण्ड ३ मा माग भन्दा बढीको आवेदन

नबिल इन्भेष्टमेन्ट Nabil Investment Banking  ले निष्काशन गरेको सामुहिक लगानी कोष योजना नबिल ब्यालेन्सड् फण्ड–३ मा माग गरिए भन्दा बढीको आवेदन परेको छ  । यस निष्काशनमा आज साँझसम्ममा  १ लाख ४ हजार ७ सय ७१ जना आवेदकहरुबाट प्रमाणित हुन बाँकी समेत गरी करिब १२,६२,५५,०४० इकाई खरीदका लागि आवेदन परेको बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्टले जनाएको छ । जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २५ प्रतिशत ले बढी हो।कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत रहने गरि नबिल ब्यालेन्सड् फण्ड ३ नामको १० वर्षे बन्दमुखी योजनाको इकाई निष्काशन गरेको हो। यो योजनाको आकार १ अर्बको रहेको छ र यो नबिलको चौथों योजना हो। यस अन्तर्गत प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन हुने छ। जस मध्ये न्युनतम १ करोड ४० लाख इकाई वा बिक्री भएको १४ प्रतिशत इकाई कोष प्रबर्दक नबिल बैंक लिमिटेडको लागि तथा न्युनतम १० लाख वा बिक्री भएको मध्ये १ प्रतिशत इकाई कोष ब्यबस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङलाई छुट्याईएको छ ।  बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन्। आवेदन दिंदा न्युनतम १ सय इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सकिने छ। योजनामा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ।

नबिल इन्भेष्टमेन्टको नयाँ म्युचुअल फण्डमा आवेदन खुला, यसै वर्षदेखि लाभांश

नबिल इन्भेष्टमेन्ट बैंकिङले आज भदौ २५ गतेदेखि बन्दमुखी सामुहिक लगानी कोष योजनाको इकाई बिक्रि खुला गरेको छ । नबिल इन्भेष्टमेन्टले नबिल म्युचुअल फण्ड अन्तर्गत रहने गरि १ अर्ब आकारको नबिल ब्यालेन्सड्  नामको १० वर्षे बन्दमुखी योजनाको इकाई निष्काशन गर्न लागेको हो ।नबिल इन्भेष्टमेन्टले प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरेको हो । जस मध्ये न्युनतम १ करोड ४० लाख इकाई वा बिक्रि भएको १४ प्रतिशत इकाई कोष प्रबर्दक नबिल बैंकको लागि तथा न्युनतम १० लाख वा बिक्रि भएको मध्ये १ प्रतिशत इकाई कोष ब्यबस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङलाई छुट्याईएको छ ।  बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।   आवेदन दिंदा न्युनतम १ सय इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सकिने छ । यस निष्काशनमा छिटोमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ भने सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा असोज ८ गतेसम्म आवेदन दिन सकिने छ । नेपाल धितोपत्र बोर्डले नबिल इन्भेष्टमेन्टलाई साउन २९ गते योजना संचालनको लागि अनुमति दिएको थियो । यस योजनाले यसै वर्षदेखि लाभांश दिने कमपनीले जनाएको छ । यो पनि : 'नबिल ब्यालेन्सड् फण्ड ३ का लगानीकर्ताले यसै वर्षदेखि प्रतिफल पाउँछन्'

नबिल ब्यालेन्सड् फण्ड - ३ ले १० करोड इकाई शुक्रवारदेखि विक्री खुला गर्दै

भदौ २३, काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल ब्यालेन्सड् फण्ड - ३ ले शुक्रवारदेखि १० करोड इकाई विक्री खुला गर्ने भएको छ ।  फण्डले प्रतिइकाई रू. १० का दरले रू. १ अर्ब बराबरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो । निष्कासन गरिने इकाईमध्ये कुल विक्री भएको इकाईको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई मध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक नबिल बैंकलाई सुरक्षित गरेको छ ।  त्यसैगरी, १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङलाई सुरक्षित गरेको र बाँकी रहेको ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन् । आवेदकले भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।  सो अवधिमा सम्पूर्ण इकाई विक्री नभएमा असोज ८ गतेसम्म आवेदन गर्न पाउनेछन् । आवेदकले न्यूनतम १०० इकाईको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १ करोड इकाईको लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ ।  यो एक बन्दमुखी योजना हो । १० वर्ष अवधिको यस फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।

नबिल ब्यालेन्सड् फण्ड-३ ले भाद्र २५ देखि ८ करोड ५० लाख इकाई बिक्री खुल्ला गर्ने

नबिल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने नबिल ब्यालेन्सड् फण्ड ३ ले  ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा बिक्रीमा ल्याउने भएको छ। कम्पनीले  रु.१० अंकित दरको रु.८५ करोड बराबरको ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा बिक्रीमा ल्याउन लागेको हो । निष्काशन मिति २०७८ भाद्र २५ देखि खुल्ला भई छिटोमा भाद्र २९ गते बैंकिङ्ग समयसम्म रहने छ। रितपूर्व आवेदन नआए निष्काशन मिति २०७८ असोज ८ गते सम्म खुल्ला रहने छ।  फण्डको प्रति इकाई मुल्य रु.१० दरको १० करोड इकाई मध्ये बिज पूंजी वापत न्युनतम १ करोड ५० लाख वा कुल बिक्री...

भदौ २५ गतेदेखि नबिल ब्यालेन्सड् फण्ड ३ निष्कासन गर्दै नबिल इन्भेष्टमेन्ट बैंकिङ

भदौ १५, काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले भदौ २५ गतेदेखि नबिल ब्यालेन्सड् फण्ड ३ निष्कासन गर्ने भएको छ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो ।  निष्कासन गरिने इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाईमध्ये कोष प्रवर्द्धक नबिल बैंकलाई १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ भने १ प्रतिशत अर्थात्  १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सुरक्षित गरिएको छ ।  बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । योजनाको इकाईमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई विक्री नभएमा असोज ८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।  उक्त इकाईमा आवेदकले धितोपत्र बोर्डबाट आस्बा सोवा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । यो एक बन्दमुखी योजना हो । योजनाले इकाई निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट साउन २९ गते स्वीकृति पाएको हो ।