एमालेका उम्मेदवार बादल बन्ने

काठमाडौँ । राष्ट्रिय सभा उपनिर्वाचनको लागि एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बन्ने भएका छन्। उनी उम्मेदवारी दिनका लागि शुक्रबार मकवानपुरबाट हिँडिसकेको जनाइएको छ । शुक्रबार बागमती प्रदेशको रिक्त अन्य समूहको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।

सम्बन्धित सामग्री

स्पष्टीकरणको विषयमा अष्टलक्ष्मी शाक्यले आपत्ति : मतदानको गोपनीयता उल्लङ्घन भयो

हेटौंडा : मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय बोर्डको बैठकले स्पष्टीकरण सोधेको बिषयमा आफूलाई कुनै पनि जानकारी नभएको अष्टलक्ष्मी शाक्यले बताएकी छिन्। माधव नेपाल पक्षकी नेतृ शाक्यले स्पष्टीकरणको बारेमा आफूलाई कहीँ कतैबाट नसोधिएको र फोन सम्पर्क समेत नभएको दाबी गरिन्। बिहीवार सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर बादल विरुद्ध लागेका…

एमाले विवाद मिलाउने कार्यदलभित्रै विवाद ! बैठक आरोप–प्रत्यारोपमै सीमित

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको शुक्रवारको बैठकमा २ पक्षबीच आरोप–प्रत्यारोप चलेको छ । बैठकमा पार्टीभित्र घात–प्रतिघात भएको र पार्टीलाई धक्का पुगेको भन्दै कार्यदलका सदस्यले एकअर्कालाई आरोप लगाए ।  बिहीवार भएको बागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’ माधव नेपाल पक्षले नसघाएकै कारण पराजित भएका थिए भने शुक्रवार राष्ट्रपति कार्यालयमा एमालेका २७ सांसदको हस्ताक्षर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा बुझाइएको छ ।  ...

राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी, बादल पराजित

काठमाडौं। राष्ट्रियसभा सदस्यको लागि भएको निर्वाचनमा डा. खिमलाल देवकोटा विजयी बनेका छन्। देवकोटाले ५०८८ मत पाएर विजयी भएका हुन्। एमालेका उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका छन्। निर्वाचनको अन्तिम मतपरिणाम भने घोषणा हुन बाँकी छ। बागमती प्रदेशमा सम्पन्न भएको उपनिर्वाचनमा एमाले बलियो रहे पनि माधव समूहले साथ नदिएपछि बादल पराजित भएका हुन्।

राष्ट्रिय सभा उपनिर्वाचन : मतदानस्थालमा पुगे गृहमन्त्री थापा

वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा (आज) बिहीबार बिहान ९ देखि शुरू भएको छ । मतदान अपराह्न ३ बजेसम्म मतदान हुँदैछ । मतदान स्थल भुटनदेवी मा.वि. हेटाैँडामा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा 'बादल' पुगेका छन् । बादल र एमालेकै झलनाथ खनाल तथा माधव नेपाल पक्षका नेता डा. खिमलाल देवकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  तस्वीरहरू

राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु (फोटोफिचर)

हेटौंडा । राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशस्तरीय उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ ।राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि रामबहादुर थापा ‘बादल’, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।बादल एमालेका उम्मेदवार हुन् भने देवकोटा एमालेकै खनाल–नेपाल पक्षसहित काँग्रेस, माओवादी केन्द्रसहितका दलका साझा उम्मेदवार हुन् । तामाङ भने नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बनेका हुन् ।प्रदेशसभा सदस्य, स्थानीय तहका प्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि छुट्टाछुट

बादललाई मतदान गर्न पार्टी पङ्क्तिलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा (बादल)लाई मतदान गर्न आह्वान गरेका छन् । उनले सूर्य चिन्ह लिएर उम्मेद्वारी दिएका बादललाई मतदान गर्न पार्टी पङ्क्तिलाई आह्वान गरेका हुन् । उनले बादल एमालेको उम्मेद्वार भएकाले पार्टी निर्णय विपरीत मतदान नगर्न चेतावनीसमेत दिएका छन् । उनले बुधवार जारी […]

माधव नेपाललाई भेट्न उनकाे निवास पुगे बादल

काठमाडौँ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा (बादल) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनको निवासमा पुगेका छन् । जेठ ६ गते उपनिर्वाचनको मिति नजिकिएका बेला थापा नेपाललाई भेट्न गएका हुन् । राष्ट्रियसभा उपनिर्वाचनमा थापाको प्रतिस्पर्धीमा माधव नेपाल समूहका डा। खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ रहेका छन् ।

एमालेले भोट मागेपछि बादललाई जिताउन सूर्यमा मतदान गर्ने राप्रपाको निर्णय

आसन्न राष्ट्रिय सभाको बागमती प्रदेश सदस्यको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई जिताउन सूर्य चिह्नमा मतदान गर्ने निर्णय गरेको छ । आफ्ना उम्मेदवारलाई मतदान गर्न अनुरोधसहित एमालेले पत्राचार गरेपछि राप्रपाले सहयोग गर्ने निर्णय भएको राजाराम बर्ताैलाले जानकारी दिए । बादल नेकपा माओवादीबाट एमालेमा प्रवेश गरेका कारण कारवाहीमा परेर पद रिक्त भएको थियो । तर फेरि एमालेबाट बादल नै उम्मेदवार बनेका छन् । राप्रपाले निर्वाचनमा बादललाई मतदान गर्न राप्रपाका प्रदेश स...

ओलीको पत्रसँगै बादललाई भोट हाल्ने राप्रपाको औपचारिक निर्णय

राप्रपाले जेठ ६ गते हुन लागेको बागमतीबाट निर्वाचित हुने राष्ट्रियसभा उपनिर्वाचनमा एमालेलाई भोट हाल्ने औपचारिक निर्णय गरेको छ । उपनिर्वाचनमा एमालेबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल उम्मेदवार रहेका छन् । आफ्नो उम्मेदवारलाई मतदान गरी सहयोग गर्नका लागि एमालेबाट अनुरोध सहितको औपचारिक पत्र प्राप्त भएकाले राप्रपाले एमालेका उम्मेदवार बादललाई मतदान गर्ने निर्णय गरेको राप्रपा नेता मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । राप्रपाले बादलको पक्षमा मतदान गर्न पार्टीका प्रदेशसभाका सदस्यहरु