हेटौंडा : मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय बोर्डको बैठकले स्पष्टीकरण सोधेको बिषयमा आफूलाई कुनै पनि जानकारी नभएको अष्टलक्ष्मी शाक्यले बताएकी छिन्।
माधव नेपाल पक्षकी नेतृ शाक्यले स्पष्टीकरणको बारेमा आफूलाई कहीँ कतैबाट नसोधिएको र फोन सम्पर्क समेत नभएको दाबी गरिन्।
बिहीवार सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर बादल विरुद्ध लागेका…