जल यातायातलाई यात्रु पाउन मुस्किल

कालीगण्डकीमा सञ्चालित जल यातायात सेवा ‘स्टिमर’ ले यात्रु पाउनै मुस्किल हुन थालेको छ । नेपालको सबैभन्दा ठुलो जलविद्युत परियोजना कालीगण्डकी ‘ए’ मा बाँध निर्माण गरेपछि बनेको जलाशयमा २१ वर्षदेखि जल यातायात सेवा सञ्चालनमा छ ।

सम्बन्धित सामग्री

‘स्टिमर’ ले यात्रु पाउनै मुस्किल

कालीगण्डकीमा दुई दशकअघिदेखि सञ्चालित जल यातायात सेवा ‘स्टिमर’ ले यात्रु पाउनै मुस्किल हुन थालेको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाका लागि निर्माण गरिएको बाँधबाट बनेको जलाशयमा जल यातायात सेवा सञ्चालन गरिएको थियो । कालीगण्डकी नदीको वारिपारि लोकमार्ग र कोरिडोर निर्माण भएपछि यात्रुले बस, जिप, अटोलगायतका सवारीसाधन प्रयोग गर्न थालेकाले स्टिमर व्यवसाय समस्यामा परेको हो ।

दशैंमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र

कोहलपुर (बाँके)। हिन्दू धर्मालम्वीहरूको महान् चाड दशैंको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन् । यहाँबाट पहाडी जिल्लाका लागि हवाई टिकट नपाउँदा दशैं मनाउन कर्णाली र सुदूरपश्चिम प्रदेश जाने सर्वसाधारण नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन् । नेपालगञ्जमा भेटिएका हुम्लाका धनन्जय जेठाराले टिकट नपाउँदा पाँच दिनदेखि अलपत्र परेको बताए । भोजपुरमा शिक्षण पेसामा कार्यरत उनी दशैं मनाउनका लागि गृहजिल्ला जानका लागि यहाँ आए पनि टिकट नपाएकाले होटलमा बस्न बाध्य भएको बताए ।  'टिकट पाइन्छ कि भनेर दैनिकरूपमा नेपाल वायुसेवा निगमको टिकट विक्री तथा आरक्षण कक्ष धम्बोजीमा बिहानै जाने गरेको छु,' जेठाराले भने, 'बिहान ४ बजे टिकटका लागि यहाँ आएको अहिलेसम्म टिकट पाउन सकेको छैन ।' स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाई मार्गबाट यात्रा गर्दछन् । हवाई नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रुले समस्या भोग्दै आएका छन् । सडक सञ्जालको पहुँच नभएका कर्णाली प्रदेशको डोल्पा र हुम्लाका साथै जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुराका बासिन्दाले टिकट नपाउँदा सास्ती झेल्नुपरेको बताएका छन् । नियमित उडान नभएकाले टिकटको दुरुपयोग हुने गरेको यात्रुहरूको गुनासो छ ।  निगमका उडान अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सले नियमित उडान गर्नुभन्दा चार्टर उडानलाई प्राथमिकता दिनुलगायत कारणले टिकट पाउन मुस्किल हुने गरेको जेठाराले बताए । उनका अनुसार दशैंको समयमा अन्य समयभन्दा यात्रुको चाप बढी भए पनि पर्याप्त उडान नहुँदा यात्रुले सास्ती पाएका छन् ।  निजी एयरलाइन्सले नियमित उडान नगरेको भन्दै नियमित उडान भर्दै आएको वायुसेवामा पनि पहुँचवालाले मात्र टिकट पाउँदा आफूहरू समस्यामा परेको हुम्लाका कृष्णबहादुर सिंहले बताए । यसअघि सातामा तीन दिनमात्र उडान भर्दै आएको नेपाल एयरलाइन्सले दशैंलाई लक्षित गरी आइतवारदेखि आठ दिनका लागि उडान थप गरेको जनाएको छ ।  एयरलाइन्स क्षेत्रीय कार्यालय, नेपालगञ्जका स्टेशन प्रमुख मानबहादुर चौधरीका अनुसार दशैंको समयमा यात्रुको चाप बढी हुँदा उडान थप गरिएको छ । 'यसअघि हप्तामा तीन दिनमात्र उडान हुँदै आएको थियो,' उनले भने, 'अहिले आठ दिनका लागि उडान थप गरी नियमित बनाइएको छ ।' यात्रुलाई सहजरूपमा सेवा दिने प्रयास भइरहेको बताउँदै चौधरीले बिरामी, बच्चाबच्ची, वृद्धावृद्धालाई प्राथमिकतामा राखेर टिकट वितरण गरिएको जानकारी दिए। यात्रुको चाप बढ्दा सबैले टिकट पाउन असहज भएको उनको भनाइ थियो । बाजुरा कोल्टीकी सङ्गीता विष्टले दशैंका लागि घर जान हवाई टिकट काट्न आएको भन्दै टिकट नपाउँदा घर कसरी जाने भन्ने चिन्ता लागेको बताए । निगमले पहुँचवालालाई मात्र टिकट वितरण गर्दा आफूहरूले नपाएको उनको गुनासो थियो । 'एउटा उडानमा १७ सिट हुन्छ,' उनले भने, 'यहाँ सातओटा टिकट मात्र सर्वसाधारणलाई दिने गरिन्छ । बाँकी टिकट पहुँचवालाले पाउँछन् ।'  रासस

लगातारको वर्षाले उपत्यकाको जनजीवन प्रभावित [तस्बिरहरू]

काठमाडौं उपत्यकामा आज बिहानैदेखि निरन्तरको वर्षाले जनजीवन प्रभावित भएको छ। भारी वर्षाका कारण पैदल यात्रु, सवारीसाधनबाट यात्रा गर्ने सर्वसाधारणलाई मुस्किल परेको छ।  यसै परिपेक्षमा क्यामेरामा कैद गरिएका केही तस्बिरहरू:             ...

रेसुंगा विमानस्थलमा जहाजको टिकट पाउनै मुस्किल

१४ सीट क्षमताको जहाजमा ५४ भन्दा बढी टिकटको माग सम्झौता अनुसार हप्ताको दुइपटक अनिवार्य उडान नहुँदा यात्रु मर्कामा गत शुक्रबार गुल्मीको रेसुंगा विमानस्थलबाट पहिलो व्यवसायीक उडान भयो । चार दशकको जहाज चढ्ने सपना...

जव ७२ जना यात्रु बोक्ने बुद्ध एयर एक जना मात्रै यात्रु बोकेर विराटनगर उड्यो…

काठमाडौं, कात्तिक १६ । नजिकिदो निर्वाचन र तिहार सकेर राजधानी भित्रिनेको बढ्दो संख्याले व्यस्त रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक एक सयको हाराहारीमा आन्तरिक र बाह्य उडानहरु हुँदै आएका छन् । पछिल्लो समय हवाई यात्रुको सख्या समेत बढ्दै गएको समयमा टिकट पाउन समेत मुस्किल हुने अहिलेको समयमा मंगलबार बुद्व एयरको जहाज भने एक जना मात्रै […]

सुरुङमार्ग अध्ययनका नाममा ‘भोटको राजनीति’

गुड्ने गाडी, यात्रु र मालसामान पाउन मुस्किल हुने यस्ता सुरुङमार्गका लागि चाहिने लगानी कहाँबाट, कसरी आउँछ पत्तो छैन । प्रथम दृष्टिमै पर्याप्त ट्राफिक नै नहुने क्षेत्रमा 'रेट अफ रिटर्न'को हिसाब नगरी भइरहेका सुरूङमार्गहरूको अध्ययन विशुद्ध राजनीतिक लाभको लागि सुनाइएका कागजी योजना मात्रै हुन् ।

कर्णालीमा भारी हिमपात, जनजीवन कष्टकर

गमगढी नाग्मा सडक खण्ड अन्तर्गत घुच्ची सातमोड डाबलगायत क्षेत्रमा बाक्लो हिउँ जमेपछि मालबाहक ट्रक, जीप मोटर साइकल यात्रु बस चल्न मुस्किल भएको छ। सयौँ मालवहाक सवारीसाधन बीचमै रोकिएका छन्।...

काठमाण्डौ उपत्यका छाड्ने यात्रुको चाप : टिकट पाउनै मुस्किल, सडक अस्तव्यस्त

काठमाण्डौ – काठमाण्डाै उपत्यकामा बिहीवारदेखि १५ दिनसम्म निषेधाज्ञा लागू हुने भएपछि घर फर्कने यात्रुको सङ्ख्या बढेको छ । काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गाबाट पछिल्लो २४ घण्टामा मात्रै ५० हजारभन्दा धेरै यात्रु बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ ।   पछिल्ला दुई, तीन दिनमा दुई लाखभन्दा धेरै यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका यातायात व्यवसायीले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले आज झन् धेरै चाप बढेको बताउनुभयो ।  यात्रुको सङ्ख्या बढेकाले बिहानैदेखि सड...

सिद्धबाबा छिचोल्नै मुस्किल

सिद्धार्थ राजमार्गअन्तर्गत दोभान–चिडियाखोला (सिद्धबाबा) खण्ड कालोपत्र उप्किएर धुलाम्मे भएको छ । पाँच किलोमिटर यो सडक मर्मत नगर्दा यात्रु धूलोले हैरान भएका हुन् ।

साँझ परेपछि महानगरमै सार्वजनिक यातायात पाउन मुस्किल

काठमाडौं महानगरपालिकाले रातिसम्म सार्वजनिक यातायात चलाउने प्रयास ग-यो, तर दिगो बनाएन पाँच-सातजना यात्रु चढेका