काठमाण्डौ उपत्यका छाड्ने यात्रुको चाप : टिकट पाउनै मुस्किल, सडक अस्तव्यस्त

काठमाण्डौ – काठमाण्डाै उपत्यकामा बिहीवारदेखि १५ दिनसम्म निषेधाज्ञा लागू हुने भएपछि घर फर्कने यात्रुको सङ्ख्या बढेको छ । काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गाबाट पछिल्लो २४ घण्टामा मात्रै ५० हजारभन्दा धेरै यात्रु बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ ।   पछिल्ला दुई, तीन दिनमा दुई लाखभन्दा धेरै यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका यातायात व्यवसायीले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले आज झन् धेरै चाप बढेको बताउनुभयो ।  यात्रुको सङ्ख्या बढेकाले बिहानैदेखि सड...