काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालक सुनील शर्माले विद्यार्थीसँग अतिरिक्त शुल्क लिइछाड्ने अडान दोहोर्याएका छन् । शिक्षा मन्त्रालयले शुल्क विवादबारे शुक्रबार गरेको छलफलमा शर्माले शिक्षामन्त्री देवेन्द्र पौडेलकै अगाडि अतिरिक्त शुल्क लिने जिकिर गरेका हुन् ।