काठमाडौं : राष्ट्रवादी प्रजातान्त्रिक आन्दोलनले देशमा संवैधानिक राजासहितको हिन्दु राज्य कायम गर्न माग गरेको छ।संवैधानिक राजसंस्था, प्रजातन्त्र र सनातन हिन्दु अधिराज्य नै नेपाल सुहाउँदो नेपालका लागि उपयुक्त राजनीतिक व्यवस्था भएको भन्दै आन्दोलनले (शुक्रबार) पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो। आन्दोलनले एकताका प्रतीक राजसंस्था, सेना र नागरिक नै अबको वैकल्पिक शक्ति भएको बताउँदै राजनीतिक अपराधीकरण तथा राज्य संयन्त्रमा अनावश्यक राजनीतिकरणले मुलुक आक्रान्त बनेको