राष्ट्रिय प्रजातन्त्र पार्टीमा तीन दशकसम्म एकछत्र राज गरेका कमल थापा काठमाडौँमा सम्पन्न महाधिवेशनबाट च्युत भए। अप्रत्याशित रूपमा राजेन्द्र लिङ्देनसँग दुई सय मतान्तरले पराजित भएपछि अहिले थापाको निद्रा हराम भएको छ। भाषणमा हिन्दु राज्य र राजसंस्थाको ध्वाँस लगाएर नेपाली जनतालाई झुकाइरहेका थापाको वास्तविकता त्यतिखेर उदांगियो, जतिखेर पार्टीको अध्यक्ष गुमाएपछि उनैले भने, ‘पूर्व राजा ज्ञानेन्द्रको लगानी भएपछि […]