काठमाण्डाै – इन्द्रजात्रा विधिवत रुपमा सुरु भएको छ । आज बिहान हनुमानढोकामा इन्द्रजात्राको लिंगो ठड्याइएको छ । हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरू हुने गर्छ।
आज बुधबार बिहान ७ बजेर १५ मिनेटकाे साइतमा लिंगो ठड्याइएको हो । परम्परागत बाजा, गुरुजुको पल्टन र मंगलधुनका साथ तोप पड्काएर लिंगो ठड्याइन्छ । भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाचगान, रथ...