हनुमानढोका दरबार क्षेत्रमा बुधबार विधिपूर्वक इन्द्रध्वजोत्थान गरिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गर्ने सांस्कृतिक परम्परा छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले दिएको बिहान ७:१७ बजेको साइतमा विधिपूर्वक इन्द्रध्वजोत्थान गरिएको हो । इन्द्रध्वजोत्थान गरिएसँगै यस वर्षको सांस्कृतिक पर्व इन्द्रजात्रा पनि सुरु भएको छ ।दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिएसँगै यही […]