काठमाडौंः सरकारले महोत्तरीको भंगाहा नगरपालिका–८ को पररियामा भएको दुई समुदायबीचको झडपको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। गृह मन्त्रालयले सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासिनी सदस्य रहेको गृहका प्रबक्ता फणिन्द्रमणि पोख्रेलल