काठमाडौं, २२ पुस । नारायणहिटी दरबार संग्रहालय भित्रको विवादित रेष्टुरेन्टको छानबिन गर्न समिति गठन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले दरबार संग्रहालय भित्रको रेष्टुरेन्टको छानबिन गर्न सहसचिव होमप्रसाद लुईँटेलको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको हो । मन्त्रालयका उपसचिवहरु टेकनारायण पौडल, सुर्यमणी गौतम, पुरुषोत्तम खतिवडा र अधिकृत टंकबहादुर नेगीलाई समितिमा राखिएको छ […]