हरेक वर्षको मङ्सिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिन नेवार समुदायमा योमरी पुन्ही पर्व मनाउने प्रचलन छ । २०६१ सालदेखि यही दिन ज्यापू दिवस पनि मनाइन्छ । आज अर्थात् पुस ४ गते १८ औँ ज्यापू दिवस मनाइँदैछ ।यस दिन चामलको पिठोबाट बनेको विशेष रोटी योमरी बनाएर खाने चलन छ । योमरी पुन्हीलाई नेवारहरूको महत्त्वपूर्ण चाडको रूपमा लिइन्छ । योमरी पुन्हीदेखि दिन धमाधम लामो र रात छोटो हुने जनविश्वास छ । योमरी पुन्ही कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ भन्न सकिने ठ्याक्कै प्रमाण छैन । लुम्बिनी विश्वविद