धनगढीका कर्मचारीलाई भदौसम्म विदामा नबस्न निर्देशन

४ साउन, कैलाली । धनगढी उपमहानगरपालिकाले भदौ मसान्तसम्म कर्मचारीहरुलाई विदामा नबस्न निर्देशन दिएको छ । उपमहानगरका प्रमुख नृपबहादुर वडले जनप्रतिनिधि र कर्मचारीहरुलाई भदौ मसान्तसम्म विदामा नबस्न निर्देशन दिएका हुन् । शुक्रबार नगरस्तरको स्थानीय विपद् तथा जलवायू उत्थानशील समिति गठन तथा अभिमूखीकरण कार्यक्रममा बोल्दै नगरप्रमुख वडले वडाअध्यक्ष र सचिवहरुलाई यस्तो निर्देशन दिएका हुन …

सम्बन्धित सामग्री

यादवलाई आक्रमण गर्ने व्यक्ति कर्मचारीलाई कालोमोसो दलेको पुरानो घटनामा पनि संलग्न

२० भदौ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका व्यक्ति श्यामबहादुर सापकोटा यसअघि पनि पक्राउ परिसकेको व्यक्ति भएको खुलेको छ । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा सापकोटाले यसअघि वैदेशिक रोजगार विभागका कर्मचारीलाई कालोमोसो दलेको भेटिएको छ । त्यसक्रममा उनी पक्राउ परेर छुटेको पाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले […]

निजामती कर्मचारीलाई विवाह बिदा, थारु क्लस्टर छुट्याएर आरक्षण

५ भदौ, काठमाडौं । निजामती कर्मचारीहरुलाई पहिलोपटक विवाह बिदाको समेत व्यवस्था गर्दै संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार भएको छ । यसअघि कर्मचारीहरुलाई विवाह बिदाको व्यवस्था थिएन । संघीय मामिला तथा सामान्य प्रशासन, कानुन मन्त्रालय, अर्थ मन्त्रालय, लोक सेवा आयोग हुँदै पुनः सामान्य प्रशासन मन्त्रालयमा आइपुगेको विधेयकको मस्यौदामा कर्मचारीलाई विवाह बिदा पनि दिने व्यवस्था राखिएको […]

रकम हिनामिना आरोपमा कृषि विकास बैंकका कर्मचारीलाई ८ वर्ष कैद

२८ भदौ, काठमाडौं । विशेष अदालतले कृषि विकास बैंकको रकम हिनामिना गर्ने गरेको ठहर सहित बैंकका एक सहायक कर्मचारीलाई ८ वर्ष कैद सजाय तोकेको छ । त्यही घटनामा संलग्न भएको आरोपमा नेपाली सेनाका एक पूर्व अधिकारीलाई ४ वर्ष कैद निर्धारण गरेको हो । नेपाली सेनाका पूर्व सहायक रथी रमेशराज विष्ट र कृषि विकास बैंककी सहायक […]

रेसुङ्गा क्याम्पसका ९ जना शिक्षक तथा कर्मचारीलाई अवकाश

२६ भदौ, गुल्मी । आर्थिक संकटकाल घोषणा गरेको गुल्मी जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसले शिक्षक तथा कर्मचारीलाई स्वेच्छिक अवकाश दिएको छ । शनिबार बसेको क्याम्स सञ्चालन समितिको बैठकले सात जना शिक्षक र दुई जना कर्मचारी गरी ९ जनालाई स्वेच्छिक अवकाश गर्ने निर्णय गरेको क्याम्पस प्रमुख क्याम्पस प्रमुख हरि बहादुर केसीले जानकारी दिए । आर्थिक संकटका कारण […]

सेवानिवृत्त कर्मचारीलाई सम्मान गर्दै १९औं निजामती सेवा दिवस सर्लाहीमा मनाईयो

बखतियार अलि सर्लाही २२ भदौ, । १९औं निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरि धुमधामका साथ सर्लाहीमा मनाइएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने यस वर्षको नाराका साथ निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरि धुमधामका साथ मनाइएको हो । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको […]

सरकार नै दिन्छ कर्मचारीलाई लुकीछिपी बाह्य काम गर्ने लाइसेन्स

काठमाडौं, भदौ २०। सरकारले नै कर्मचारीलाई अतिरिक्त काम गर्ने लाइसेन्स दिँदा अधिकांश कर्मचारी बाहिर पढाउने, लेखापरीक्षण गर्ने तथा सेयर खरिदबिक्रीमा समेत व्यस्त हुने क्रम ह्वात्तै बढेको छ । यस सम्बन्धमा सरकारका कुनै पनि निकायले अनुगमन गर्न सकेको छैन । अनुगमन गर्ने जिम्मेवारीमा रहेको राष्ट्रिय सर्तकता केन्द्रले पनि यस विषयमा बेवास्ता गर्दै आइरहेको छ । नियमित […]

गण्डकीका स्थानीय तह कर्मचारीको आरोप : प्रदेश निजामती कर्मचारी ऐन विभेदपूर्ण

१६ भदौ, पोखरा । गण्डकी प्रदेश सरकारले ल्याउन लागेको प्रदेश निजामती कर्मचारी विधेयकले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै रुष्ट बनेका छन् । उनीहरुले प्रस्तावित विधेयक स्थानीय तहका निजामती कर्मचारीलाई बढुवामा रोक लगाएर ट्रेड युनियनका सिमित कर्मचारीका स्वार्थमा आउन लागेको आरोप लगाएका छन् । गण्डकीको प्रदेश सभा भदौ ८ गते रातिबाट नै अन्त्य भइसकेको छ […]

‘प्रदेश निजामती कर्मचारी ऐन स्वार्थकेन्द्रित र विभेदपूर्ण’

१५ भदौ, पोखरा । गण्डकी प्रदेश सरकारले ल्याउन लागेको प्रदेश निजामती कर्मचारी विधेयकले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै रुष्ट बनेका छन् । उनीहरुले प्रस्तावित विधेयक स्थानीय तहका निजामती कर्मचारीलाई बढुवामा रोक लगाएर ट्रेड युनियनका सीमित कर्मचारीका स्वार्थमा आउन लागेको आरोप समेत लगाएका छन् । गण्डकीको प्रदेश सभा भदौ ८ गते रातिबाट नै अन्त्य भइसकेको […]

आन्दोलन रोक्न नेपाल एयरलाइन्सका कर्मचारीलाई मन्त्रालयको अनुरोध

२३ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सका कर्मचारीलाई तत्काल आन्दोलन रोक्न अनुरोध गरेको छ । कर्मचारी संगठनको आन्दोलनका कारण नेपाल एयरलाइन्सकै कर्मचारीले समेत तलव नपाउने अवस्था आएसँगै मन्त्रालयले बुधबार एक पत्र लेख्दै यस्तो अनुरोध गरेको हो । नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने प्रक्रिया शुरु गरिएसँगै कर्मचारीले आन्दोलन थालेका थिए […]

स्थानीय तहका कर्मचारीलाई तालिम दिने प्रतिष्ठानमै तालाबन्दी

स्थानीय तहका कर्मचारीलाई प्रशिक्षण (तालिम) दिन खोलिएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमै कर्मचारीहरूले तालाबन्दी गरेका छन् ।  उनीहरूले प्रतिष्ठानका कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।प्रतिष्ठानका कर्मचारीहरू विभिन्न माग राख्दै गत साउनदेखि नै आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले कालोपट्टी बाँधेर विरोध जनाउने, पोष्टर टाँस्ने र आफ्नो शाखा वा जिम्मामा रहेका सबै काम ठप्प पार्ने लगायत काम गरिसकेका छन् ।गत आइतबार (भदौ २०) देखि प्रतिष्ठानमा आन्दोलित कर्मचारीले