संसद्को कार्यकाल सकिन अब केही दिन मात्रै बाँकी छ । असोज १ गते मध्यरातपछि संसद्को कार्यकाल सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग के हुन्छ भन्ने आम चासो रहेको छ ।संसद्को कार्यकाल सकिएपछि संसद्मा दर्ता भएको विधेयक र प्रस्तावहरू स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा १११ को उपधारा १० मा कुनै विधेयक वा प्रस्ताव प्रतिनिधि सभामा दर्ता भई विचाराधीन रहेको अवस्थामा वा प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेको अवस्थामा रहेको भए पनि संसद्को क