‘संसद्को कार्यकाल मंसिर २१ गतेसम्म रहन्छ’

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूको कार्यकाल आगामी मंसिर २१ गतेसम्म कायम रहने जनाएको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै संसद्को कार्यकाल मंसिर २१ गतेसम्म रहने जनाएको हो । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले यस विषयमा सरकारलाई सिफारिस गरिसकेको बताएका छन् । थपलियाले सरकारलाई आयोगले दिएको ५ पृष्ठको सिफारिसमा पदावधिको विषयमा स्पष्ट […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभामा रहेका सबै विधेयक निष्क्रिय, राष्ट्रियसभाका यथावत्

काठमाडौँ : संघीय संसद्को एक कार्यकाल पूरा भएको छ। मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएसँगै अब दोस्रो संघीय संसद्को कार्यकाल शुरु हुने तरखरमा छ।मंसिर ४ गते भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। अधिकांश स्थानमा भने मत परिणाम आइसकेको छ। निर्वाचन परिणामलाई नियाल्दा कुनै पनि एक दलको मात्रै बहुमतको सरकार बन्ने स्थिति छैन। नेपाली काँग्रेस र नेकपा एमाले यी दुई पार्टीमध्ये कुनै एकको नेतृत्वमा बन्ने सरकार बाँकी दलहरूको सहयोगमा गठबन्धनकै सरकार बन्ने निश्चित छ।मत परिणाम अन्तिम

सरकारको पाँचवर्षे कार्यकालको आर्थिक परिदृश्य र हाम्रो भविष्य

भर्खरै समाप्त भएको संसद्को कार्यकाल २०७४ मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएपछि मंसिर २२ गते पहिलो परिणाम आएबाट प्रारम्भ भएको हो । यो कार्यकालमा केपी ओली नेतृत्वको सरकार ४२ महिना चल्यो भने अदालतको परमादेशपछि दोस्रो कार्यकालका लागि शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार चलिरहेको छ । नेताहरूको चरम व्यक्तिवाद, परिवारवाद, अहंकार, गुटबन्दी, […]

संसदको कार्यकाल : कसलाई के पाठ ?

शनिबार मध्यरातबाट यो संसद्को कार्यकाल सकिएको छ । र, नागरिकता विधेयक आदिका कारण बीचमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिस्थिति हुँडलिनन् भने मंसिर ४ मा नयाँ चुनाव भएर अर्को संसद सुचारु हुन पाउनेछ । तर आम जनता, पार्टी र नेतालाई यो संसद्ले केही गतिला पाठहरू सिकाइदिएको छ ।

प्रतिनिधि सभाको पाँचवर्षे कार्यकाल पूरा

काठमाण्डाै - प्रतिनिधि सभाको पाँचवर्षे कार्यकाल आजदेखि सकिँदैछ । २०७२ मा संविधान जारी भएपछि २०७४ मा निर्वाचित प्रतिनिधि सभाको कार्यकाल आज राति १२ बजेदेखि सकिन लागेको हो । सरकारले प्रतिनिधि सभाको ११औँ अधिवेशन अन्त्य गर्न हिजो राष्ट्रपतिलाई सिफारिस गरिसकेको छ । आज राति १२ बजेदेखि बर्खे अधिवेशनको अन्त्यसँगै प्रतिनिधि सभा निष्क्रिय हुनेछ ।  मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि भोलि र पर्सि समानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यतालिका रहेकाले आजदेखि संसद्को कार्यकाल पूरा हुन लागेको हो । विगतको ...

मन्त्रिपरिषद् बैठक बस्दै, संसद अन्त्यको सिफारिस गर्ने तयारी

काठमाडौं : मन्त्रिपरिषदको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ११ बजे बैठक बोलाइएको छ।  सरकारले प्रतिनिधिसभाको कार्यकाल भोलि शनिबार मध्यरातिदेखि अन्त्य गर्ने तयारी गरेको छ। आजको बैठकले संघीय संसद्को ११ औं अधिवेशन अन्त्यको सिफारिस गर्ने तयारी गरेको एक मन्त्रीले जनाकारी दिए। ‘सरकारले संसद्को कार्यकाल लम्ब्याउन लागेको गलत सन्देश गएकाले समानुपातिकको बन्दसूची बुझाउने अघिल्लो दिनबाटै राष्ट्रपतिसमक्ष संसद् अधिवेशन अन्त्यको सिफारिस गर्न लागिएको हो,’ ती मन

प्रतिनिधिसभाको कार्यकाल कहिलेसम्म ?

पाँच वर्षका लागि जनताले मत दिएको हुनाले संसद्को कार्यकाल पहिलो चरणको निर्वाचनको आधारमा ९ मंसिर ०७९ सम्म रहन्छ  प्रतिनिधिसभाको कार्यकालबारे विवाद देखिएपछि भर्खरै सरकारले कानुन संशोधन गर्ने निर्णय गरेको छ । यसको...

चुनावपछिसम्म अहिलेकै प्रतिनिधिसभा !

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै कामचलाउ हैसियतमा रहेको सरकारले संसद्को कार्यकाल लम्ब्याउन कानुन संशोधन गर्न लागेको छ । शुक्रबार राति प्रतिनिधिसभामा दर्ता भएको विधेयक पारित भएमा मंसिर ४ को निर्वाचनपछि पनि अहिलेकै संसद् बहाल रहनेछ ।

संसद्को कार्यकाल कति ? के भन्छ- निर्वाचन आयोग

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूको कार्यकाल आगामी मंसिर २१ गतेसम्म कायम रहने जनाएको छ ।